काठमाडौं, पुस २३ – नबिल बैंक लिमिटेडको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३५ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले आ.व. २०७५/७६मानिजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१∞ र ६.४५∞ ले वृद्घि भएको छ । बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रु. १० अर्ब ९करोड नाघेको छ ।
साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”
FACEBOOK COMMENTS