काठमाडौं । आज शेयर बजार ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । करिब डेढ महिनापछि २१०० को बिन्दु टेकेको बजारले मंगलबार भने त्यो स्थिति कायम राख्न सकेन ।
कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । २२२ कम्पनी सामेल भएको आजको बजारमा ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जीवन बिमा, विकास बैंक, लघुवित्त समुहको गिरावट सबैभन्दा बढी छ ।
बजार घट्दा पनि मल्टिपर्पोज फाइनान्स, सुर्योदय लघुवित्त वित्तिय संस्था, युनाइटेड मोदि हाइड्रोपावरको सेयर मूल्यको वृद्धि सबैभन्दा बढी छ । गणपति माइक्रोफाइनान्स वित्तिय संस्था र रिभर फल्स पावर लिमिटेडका सेयर धनीले सबैभन्दा बढी गुमाएका छन् ।
FACEBOOK COMMENTS