काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने बताएका छन्।
भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताएका हुन्। उनले समानुपातिकको मतपरिणाम आउन एक/दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको जानकारी दिए।
साथै उनले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौँ, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार सांझसम्म पुर्याइसक्ने गरी काम भएको बताए।
FACEBOOK COMMENTS