काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ९ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । १ सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ५ सय ४७ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
यस्तो छ २४ घण्टाको घटना विवरण-
मनसुनजन्य प्रकोप उद्दारको विवरण:-
(मिति २०८१।०३।२७ गते १५:०० बजे देखि ऐ.२८ गते १५:०० बजे सम्म)
- मृत्यु:-
- बाढीको कारण:-
- जम्मा मृतक: नभएको
- पहिरो कारण:-
- मिति २०८१।०३।२८ गते ०३:०० बजे जि.चितवन, भरतपुर म.न.पा.२९ स्थित नारायणगढ-मुग्लिन सडकमा लु.२ ख ६५६६ नं.को बसलाई पहिरो सँगै खसेको ढुङ्गाले लागी जि.नवलपरासी, सुनवल न.पा.४ बस्ने वर्ष ३६ को मेगनाथ बि.क.को मृत्यु भएको ।
- मिति २०८१।०३।२८ गते ०२:१५ बजे जि.कास्की, पोखरा म.न.पा.३२ चैनपुर स्थित पहिरोले घर पुरिदा ऐ.बस्ने अं. वर्ष १८ की अनिता ओझा, वर्ष ११ की अनुष्का ओझा र वर्ष ९ को प्रतिक सुवेदीको मृत्यु भएको ।
- मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.कास्की, मादी गा.पा.११ स्थित पहिरोले घर पुरिदा ऐ.बस्ने वर्ष ८० की माईती कुमारी गुरुङको मृत्यु भएको ।
- मिति २०८१।०३।२७ गते २२:२० बजे जि.कास्की पोखरा म.न.पा.१९ स्थित पहिरोले घर पुरिदा ऐ.बस्ने वर्ष ४६ को कुल बहादुर परियार समेत ७ जनाको मृत्यु भएको ।
- मिति २०८१।०३।२८ गते ०६:०० बजे जि.म्याग्दी, धवलागिरी गा.पा.७ स्थित पहिरोले घर परिदा ऐ.बस्ने बर्ष ६५ को तुल प्रसाद न्यौपाने र निजको श्रीमती अं. वर्ष ४९ की बालकुमारी न्यौपानेको मृत्यु भएको ।
- जम्मा मृतक: १४ जना
- बेपत्ता:-
- बाढीको कारण: नभएको
- पहिरो कारण:-
- मिति २०८१।०३।२८ गते ०३:०० बजे जि. चितवन, भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा पर्साको वीरगंजबाट काठमाडौँ तर्फ आईरहेको बाग्मती प्रदेशको १५१६ नं.को एन्जल डिलक्स लेखेको यात्रु बाहक बस र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको हाल नं.नखुलेको गणपती डिलक्स लेखेको बसलाई पहिरोले बगाई बेपत्ता भएकोमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा, जि.ट्रा.प्र.का.बाट प्र.नि.को कमाण्डमा, इ.प्र.का.मुग्लिनबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.जुगेडीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खोजी तथा उद्दार कार्य भइरहेको, पहिरोको कारण बाटो दुबै तर्फ अवरोध भएको मृत्यु, घाइते तथा बेपत्ताहरुको नामावली नखुलेको ।
- जम्मा बेपत्ता: नखुलेको
- डुवानको कारण:- नभएको
- चट्याङको कारण:- नभएको
- घाइते:
- बाढीको कारण: नभएको
- पहिरोको कारण:
- मिति २०८१।०३।२७ गते २२:२० बजे जि.कास्की पोखरा म.न.पा.१९ स्थित पहिरोले घर पुरिदा २ जना मानिसको घाइते भएको ।
- जम्मा घाइते: २ जना
- डुवानको कारण: नभएको
- चट्याङको कारण:नभएको
२४ घण्टामा नेपाल प्रहरीले गरेको उल्लेखनिय कार्यको विवरण:-
मिति २०८१।०३।२८ गते ०३:०० बजे जि. चितवन, भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डमा २ वटा बसलाई पहिरोले बगाई बेपत्ता भएकोमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा, जि.ट्रा.प्र.का.बाट प्र.नि.को कमाण्डमा, इ.प्र.का.मुग्लिनबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.जुगेडीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खोजी तथा उद्दार कार्य भइरहेको ।
मिति २०८१।०३।२८ गते ०९:३० बजे जि. सिरहा, धनगढी न.पा.१२ ठटिया स्थित बस्ने अं. वर्ष ३० को पुण्य महतो बाढीको बीच भागमा फसेको हुँदा ऐ.०९:५० बजे सकुसल उद्वार गरिएको ।
मिति २०८१।०३।२८ गते जि. सर्लाही, लालबन्दी न.पा.१७ रानिगञ्ज स्थित तिनघरे टोलमा अं.१०/१२ घर भित्र पानी पस्न गएकोले जे.सी.बि. लगाई भित्री सडक फुटाई पानी निकासा गरेको ।
मिति २०८१।०३।२७ गते २३:३० बजे जि. चितवन, इच्छाकामना गा.पा.३ स्थित पहिरोले बाटो अवरोध भएकोमा ऐ.०१:४० बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.कास्की, मादी गा.पा.११ स्थित पहिरोले घर पुरिदा अं.वर्ष ५५ को ओम बहादुर गुरुङलाई सकुशल उद्दार गरेको ।
मिति २०८१।०३।२७ गते २२:२० बजे जि.कास्की पोखरा म.न.पा.१९ स्थित पहिरोले घर पुरिदा २ जना मानिसलाई घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा पठाएको ।
मिति २०८१।०३।२८ गते १०:३० बजे जि.कास्की, पोखरा म.न.पा. १४ स्थित सेती नदीको बहाव बढी बस्ती नजिकै कटान गर्दा ११ घर जोखिममा रहेको हुँदा सुरक्षित स्थानमा सारेको ।
मिति २०८१।०३।२८ गते ०७:०० बजे जि.कास्की, मादी गा.पा.५ स्थित बस्ने वर्ष ३५ को बिष्णु प्रसाद अधिकारीको घर पहिरोले जोखिममा रहेको हुँदा निजको ४ जनाको परिवारलाई सामानहरु सहित सुरक्षित स्थानमा सारेको ।
जि.कास्की, पोखरा म.न.पा. १७ छोरेपाटन बेलघारी स्थित बाढीको कारण पहिरो जाँदा देवी परियार समेत ३ जनाको २० परिवारलाई सुरक्षति स्थानमा स्थानान्तरण गरेको ।
मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.कास्की, मादी गा.पा.११ स्थित पहिरोले घर पुरिदा अं. बर्ष ५५ को ओम बहादुर गुरुङलाई सकुशल उद्दार गरेको ।
मिति २०८१।०३।२८ गते १०:०० बजे जि.कास्की, पोखरा म.न.पा. १४ स्थित कच्ची घर जोखिममा रहेको हुँदा घरका परिवारलाई छिमेकीको घरमा सारेको ।
जि. कास्की, पोखरा म.न.पा. ३३ बागमारा स्थित पशुपती घाटको चुन्ने पहरे सुकुम्बासी बस्तिमा पानी पस्न गई २७ घर परिवारको (९६ जना) परिवारलाई प्रहरी टोलीले उद्धार गरी नजिकै छिमेकिको घरमा सारेको ।
जि.न.प.(पूर्व) गैंडाकोट न.पा.३ हिउँदेखोला स्थित पहिरो आइ (कालिगण्डकी करिडोर) सडक अवरोध भएकोमा ट्राफिक प्रहरी समेत खटी गई सडक विभागसंग समन्वय गरी बाटो सुचारु गरेको ।
मिति २०८१।०३।२८ गते ०९:१० बजे जि.न.प.(पूर्व) गैंडाकोट न.पा.२ स्थित बोटेटोल र सुकुम्बासी टोलका अं.४० घर डुवानमा परेको हुँदा उक्त घरका मानिसहरुलाई ऐ.स्थित महेन्द्र आधरभुत बिद्यालयमा सारेको ।
मिति २०८१।०३।२८ गते ०५:१५ बजे जि. तनहुँ, भानु न.पा.३ स्थित डुम्रे-बेशीशहर सडक पहिरोले अवरोध भएकोमा ऐ.०७:२४ बजे बाटो सुचारू बनाएको ।
मिति २०८१।०३।२८ गते ०४:०० बजे जि. तनहुँ, बन्दिपुर गा.पा.४ ऐ.स्थित पृथ्विराजमार्ग पहिरोले अबरोध भएकोमा ऐ.०४:४५ बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२७ गते २१:५५ बजे जि. पर्वत, कुश्मा न.पा.७ ऐ.स्थित बाढीले मध्यपहाडी लोक अबरोध भएकोमा ऐ.२२:५८ बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२८ गते ०१:०० बजे जि.पर्वत, कुश्मा न.पा.१ सस्रधारा स्थित मध्यपहाडी लोक मार्ग पहिरोले अवरोध भएकोमा ऐ.०६:४५ बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२७ गते २१:५५ बजे जि. लमजुङ, बेसीशहर न.पा.१ स्थित पहिरोले बाटो अबरुद्ध भएकोमा ऐ.०२:१५ बजे बाटो सुचारू बनाएको ।
मिति २०८१।०३।२८ गते ०६:०० बजे जि.गोरखा, सिरानचोक गा.पा.५ जरेबर बस्ने चित्र नगरकोटीको पहिरोले गोठ पुरिदा भैंसी – १ र पाडो -१ सकुसल उद्दार गरेको ।
मिति २०८१।०३।२८ गते ०१:०० बजे जि. न.प.पूर्व, बौद्वीकाली गा.पा.२ स्थित बस्ने वर्ष ५५ को सन्त बहादुर बि.क.को कच्ची घर भासिएको हुँदा निजको परिवारलाई ऐ.वडाका वडा सदस्य ज्ञानीसरा बि.क.को घरमा सारेको ।
मिति २०८१।०३।२८ गते ०६:२० बजे जि.प्यूठान, सरुमारानी गा.पा.४ र ६ स्थित पहिरोले भालुबाङ – दाङ – प्यूठान सडक अबरुद्ध भएकोमा ऐ.०७:१० बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२७ गते २२:०० बजे जि.रुपन्देही, बुटबल उ.म.न.पा.१७ रानिगञ्ज बस्ने गोपाल घर्ती मगरको लु. ४३ प २४४४ नं को २२०cc को पल्सर मो.सा. खोलाले बगाई हराएकोमा ऐ.२८ गते १०:३० बजे फेला पारेको ।
मिति २०८१।०३।२७ गते १७:०० बजे जि.कालिकोट, पचालझरना गा.पा.८ स्थित पहिरोले बाटो अवरोध भएकोमा ऐ.१९:५० बजे बाटो पूर्णरुपमा सुचारु बनाएको ।
मिति २०८१।०३।२८ गते १०:३० बजे जि.पाल्पा रामपुर न.पा.१ स्याउली बजार स्थित कालिगण्डकी करिडोर सडक पहिरोले अबरोध भएकोमा ऐ.१३:०० बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२८ गते ०७:२० बजे जि. पाल्पा, रामपुर न.पा.१ काँसीडाँडा स्थित कालीगण्डकी करिडोर सडक पहिरोले अबरोध भएकोमा ऐ.११:२० बजे बाटो सुचारु बनाएको ।
मिति २०८१।०३।२७ गते १७:०० बजे जि.सल्यान, कालिमाटी गा.पा.४ स्थित सुर्खेत,कालिमाटी, दाङ जोड्ने सडक पहिरोले अबरोध भएकोमा ऐ.१९:५० बजे बाटो पूर्णरुपमा सुचारु बनाएको ।
मनसुनजन्य प्रकोपले क्षति पुर्याएको कारण सुरक्षित स्थानमा सारिएको प्रहरी कार्यालयहरुको विवरण:
जि.म्याग्दी रघुगंगा गा.पा.७ चिमखोला स्थितमा रहेको अ.प्र.पोष्टचिमखोलाको भवन नजिकै माथीबाट लेदो सहितकोपहिरो आईउक्त अ.प्र.पोष्टउच्च जोखिम रहेकोमा मण्डली आमासमुहको भवनमा स्थानान्तरण गरेको ।
FACEBOOK COMMENTS