भादौ ३०, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा आज ९बुधवार० सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७६रर७७ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीलाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने तथा एक्विजिशन गर्ने कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, उक्त सभाले संस्थापक शेयरधनी तर्फको सञ्चालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको सञ्चालकमा राम श्रेष्ठ र खिमलाल पौड्याललाई नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS