काठमाडौं । नेपालको प्रिमियम तथा सबैभन्दा लोकप्रिय ब्राण्ड टुपीएम स्न्याक्स एण्ड नुडल्स ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित ‘फ्युचर फर्वार्ड स्टार ब्राण्ड’ पुरस्कार प्रााप्त गरेको छ । यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्राण्डहरूको सम्मानमा प्रदान गरिएको र यसले प्रतिस्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउँँदछ ।
टुपीएम ब्राण्डको प्रतिनिधित्व गर्दै वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरेका हुन् । टुपीएमले आफ्नो नवीनतम दृष्टिकोण, उपभोक्ताहरूसँगको बलियो सम्बन्ध र लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिका लागि यो सम्मान पाएको हो ।
आफ्ना विभिन्न स्वादिष्ट नुडल्स तथा स्न्याक्सका उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मन पर्ने ब्राण्ड बन्न सफल भएको छ । यो सम्मानसँगै, टुपीएम स्न्याक्स एण्ड नुडल्सले गुणस्तर, स्वाद र नवीनतालाई प्राथमिकता दिँदै भारतीय उपभोक्ताहरूलाई सन्तुष्ट पार्दै आफ्नो यात्रा जारी राख्ने छ ।
‘फ्युचर फर्वार्ड स्टार ब्राण्ड’ पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदयमान ब्राण्डहरूलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ । अब टुपीएम स्न्याक्स एण्ड नुडल्स भारतभरका सबै आधुनिक व्यापार, ई-कमर्स र छिटो बिक्री वितरण हुने प्लाटफर्महरूमा उपलब्ध छन् ।
FACEBOOK COMMENTS