काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा करिब पाँच खर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा चार खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले घटेको हो ।
आयातसंगै निर्यात पनि घटेको छ । यस अवधिमा ४१ अर्ब ८२ करोड एक लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोहि अवधिको तुलनामा निर्यात ३५.७१ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
त्यस्तै, असोज महिनामा नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ ।
त्यस्तै, वैदेशिक व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । यस अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
FACEBOOK COMMENTS