काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ७ हजार ७०३ जनाको आरटी–पीसीआर गर्दा १ हजार ४२४ जना र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५१ जना गरी आज २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ४५ हजार ७३१ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ४८५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ३ प्रतिशत हो
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३८ लाख २१ हजार २४८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३९ हजार ३२१ जना आइसोलेसन र ४२३ जना क्वारेन्टिनमा छन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS