काठमाडौं । पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा मंगलबार राती सम्पन्न फाइनल खेलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसीबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।
१९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो ।
https://www.facebook.com/share/v/1AckDBwUHL/
FACEBOOK COMMENTS