काठमाडौं । आँखु खोला जलविद्युत आयोजनामा ५ वटा बैंकले साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
सिटिजन्स बैंकको अगुवाईमा नेपाल एस।बि।आइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक र सिभिल बैंकले ऋण लगानी गर्ने भएका हुन् । उक्त लगानीको लागि सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको अनुमानित लागत करिब ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
जसमा बैंकहरुको ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने भएको छ । धादिङ्ग जिल्लाको साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग गा।वि।स। ९हालको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका० मा निर्माण हुने धादिङ्ग आँखु खोला हाइड्रो ३८ मेगावाट क्षमताको रहेको छ ।
आयोजनाको निर्माण चार वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्ने सबै कानूनी प्रकृया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली– ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६।७०० गिगावाट प्रति घन्टा र बर्षको समयमा १५२।४३८ गिगावाट गरी बार्षिक २१९।१३८ गिगावाट प्रतिघन्टा खुद विद्युत त्पादन हुनेछ ।
FACEBOOK COMMENTS