काठमाडौँ । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा, नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ ।
७५% सम्मको आकर्षक मेगा छुट, नि:शुल्क होम डेलिभरी तथा रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७, २०८२) सम्म सञ्चालन हुनेछ ।
यसले नेपाली ग्राहकहरूका लागि एक सातासम्म चल्ने किनमेल महोत्सवको अनुभव प्रदान गर्ने कम्पनीको दृढ विश्वास छ । नयाँ सुरुवातको भावनालाई उत्सवमय बनाउँदै, दराजले २०८३ मा प्रवेशलाई अझ विशेष बनाउन अद्वितीय बचत तथा उत्साहपूर्ण अफरहरू ल्याएको हो ।
यस अभियान अवधिभर, ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू प्राप्त गर्न सक्नु हुनेछन् । नयाँ बर्षको उत्साहलाई अझ बढाउँदै, प्लाटिनम पार्टनर्स: चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टका तर्फ बाट ६०% सम्म छुट उपलब्ध हुनेछ ।
त्यसैगरी, गोल्ड पार्टनर्स: फोरया र एक्सएजका तर्फ बाट ६०% सम्म छुट । साथै, सिल्भर पार्टनर्स नाइक, फ्यानटेक र पीसेफका तर्फबाट ६५% सम्म नयाँ वर्ष छुट प्रदान गरिने जानकारी दिइएको छ ।

किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ दराजले चार प्रमुख बैंकहरूसँग सहकार्य पनि गरेको छ । ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी र्बंक तथा नेपाल बैंक मार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५% (अधिकतम रु. ७५०) र डेबिट कार्ड प्रयोग गर्दा १०% (अधिकतम रु. ५००) छुट प्राप्त गर्न सक्नु हुनेछन् । साथै, ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन् ।

यसका अतिरिक्त, ग्राहकहरूले दैनिक रु. ४४, रु. ४४४, रु. १,४४४, तथा रु. २,४४४ का आकर्षक डिलहरू पनि प्राप्त गर्न सक्नुहुनेछन् । साथै, नयाँ वर्षको थीमसँग मिल्ने गरी रु. २,०८३ का विशेष क्याटेगरी अफरहरू पनि अभियान अवधिभर उपलब्ध हुनेछन् ।
FACEBOOK COMMENTS