तनहुँ । व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानमाथि कुटपिट भएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि कुटपिट भएको हो ।
कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास-४ निवासी रोशन गुरूङ, जेम्स गुरूङ, सुजल गुरूङ र व्यास-१ निवासी सुदीप विक रहेका प्रहरीले जनाएको छ ।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनीहरूविरूद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
FACEBOOK COMMENTS