कात्तिक २०, तीन महिनाको अवधिमा पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीलेपक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट एक करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
FACEBOOK COMMENTS