काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ ।
प्रदेश सभा सचिवालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेको हो ।
सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेका थिए ।
FACEBOOK COMMENTS