काठमाण्डौँ — चार दिनदेखि चलेको गोदावरी पुष्पमेला आइतबारबाट सकिएको छ।
ललितपुरका जावलाखेलस्थित मैदानमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा १२ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट सुरु भएको हो।
प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’भन्ने रहेको थियो।
यस वर्षको प्रर्दशनीमा ४२ हजारले अवलोकन गरेको र ६५ लाख भन्दा बढिको कारोबार भएको एशोसिएशनका अध्यक्ष कसजुले जानकारी दिनु भयो ।
चार वर्ष भित्र नेपाललाई फूलमा आत्मनिर्भर बनाउने एशोसिएशनको योजना छ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष रहेको थियो ।

— अन्नपूर्ण