किभ । युक्रेननी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
एससीएमपीसँगको एउटा अन्तवार्तामा युक्रेनी नेताले चीनलाई रुसमाथि आफ्नो ठूलो राजनीतिक र आर्थिक प्रभाव प्रयोग गरी युद्धको अन्त्य गर्न आग्रह गरे।
‘यो एउटा धेरै शक्तिशाली राज्य हो । यो एक शक्तिशाली अर्थतन्त्र हो । तसर्थ, रसियालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्छ । चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि हो’, साउथ चाइना मर्निङ पोस्टले जेलेन्स्कीलाई उद्धृत गर्दै लेखेको छ ।
FACEBOOK COMMENTS