काठमाण्डौँ — चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अघि नै फिर्ता बोलाएर उनको स्थानमा नयाँ राजदूत सिफारिस गरेको छ ।
कुटनीतिक स्रोतका अनुसार बेइजिङले होउ यानक्वीलाई नेपालका लागि २१ औं राजदूत बनाएर नेपाल पठाउन लागेको छ।
उनी चिनियाँ परराष्ट्र मन्त्रालयमा उप(महानिर्देशकको पदमा कार्यरतछिन्।
स्रोतका अनुसार चीनको आफ्नो निर्णय नेपालको परराष्ट्र मन्त्रालयलाई बताइसकेको छ।
काठमाडौंबाट सहमति मिल्नासाथै यानक्वीलाई चिनियाँ राष्ट्रपति सी चिन फिनले औपचारिक नियुक्ती दिने छन्।
हालकी राजदूत यू होङ २०१६ नोभेम्बरमा नियुक्ती पाएकी थिइन्।
नयाँ चिनियाँ राजदूत सिफारिस बारे परराष्ट्र मन्त्रालयले भने कुनै टिप्पणी गर्न चाहेन।
– कान्तिपुर
FACEBOOK COMMENTS