काठमाडौं– जस्मिन पेन्ट्सले इन्टरनेशनल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ।
क्वालिटी, इन्नोभेसन र लिडरसीपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलार्इ यो अवार्ड दिएको हो।
विडका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जोसे इ प्रिइटोले कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्याललार्इ अवार्ड हस्तान्तरण गरे।
जस्मिन सन् १९९४ मा स्थापना भएको उद्योग हो।

कम्पनीले वार्षिक एक अर्ब रुपैयाँ बराबरको पेन्ट्सको कारोबार गर्छ। उद्योगबाट अन्तर्राष्ट्रिय स्तरका विभिन्न पेन्ट्स उत्पादन गर्दै आएको छ।
