काठमाडौं – चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनी सम्बद्ध पदाधिकारीहरू नेपालमा विद्युतीय सवारीको संभाव्यता अध्यान गर्न नेपाल आएका छन् ।
विद्युतिय सवारी सञ्चालन मा चासो बढ्दै गएपछि विदेशी अटो कम्पनीहरूले गाडी उत्पादनका लागि ‘एसेम्बल प्लाण्ट’ स्थापनामा चासो देखाएका हुन् ।
टोलीमा प्राविधिक र मेकानिकल इञ्जिनीयर पनि भएको नेपालस्थित आधिकारिक विक्रेता सुन्दर यातायात प्रालिले जानकारी दिएको छ ।
चिनियाँ कम्पनीले गाडी उत्पादन प्लाण्ट स्थापना गर्न ५ अर्बसम्म लगानी गर्न सक्ने जनाईएको छ ।
FACEBOOK COMMENTS