ललितपुर– हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुरमा आयोजित सहकारीको २० औं साधारण सभा उद्घाटन प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले शनिबार गरेका हुन् ।
‘आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी’ भन्ने नाराका साथ २०५५ सालमा स्थापना भएको सहकारीमा अहिले ३३४८ बढी सदस्य संख्या रहेको छ ।
२० औं साधारण सभामा प्रतिवेदन राख्दै संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले आगामी दिनमा संस्थाको विकास र सदस्यलाई प्रदान गर्ने सेवा तथा सुविधामा विविधता ल्याउन संस्थाले तेस्रो पञ्चवर्षीय योजना २०७४–२०७९ तय गरेको जनाकारी गराए ।
संस्थाले चालु आर्थिक वर्षबाट मोबाइल बैंकिङ सेवा पनि संचालनमा ल्याएको छ , जसबाट सदस्यहरुले आफ्नो दैनिकी सरल र सहज बनाउन सक्ने विश्वास लिइएको छ ।
संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा ८ करोड ६९ लाख ५३ हजार शेयर पुँजी जम्मा गरेको छ भने कर्जा लगानी ५८ करोड १५ लाख ९ हजार ५३४ रुपैंया रहेको छ ।
कुल कारोबार २ अर्ब ३३ करोड ४९ लाख १८ हजार ८७६ रुपैंया रहेको बताएको संस्थाले ५२ करोड १३ लाख ४६ हजार १७० रुपैंया बचत गर्न सफल भएको जनाएको छ ।
यसैगरी उक्त अवधिमा संस्थाले सरकारलाई ९८ लाख ५६ हजार ३९४ रुपैंया राजश्व बुझाएको जनाएको छ ।
FACEBOOK COMMENTS