काठमाण्डौ, १० फागुन- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । लेस्टरले एस्टन भिल्लालाई उसैको मैदानमा २-१ ले हराएको हो ।
लेस्टरको जीतमा जेम्स म्याडिसन र हार्वे बार्नसले १-१ गोल गर्दा भिल्लाका बर्टरान्ड ट्राओरेको गोल सान्त्वना बन्यो ।
खेलको १९औं मिनेटमा म्याडिसनको गोलमार्फत लेस्टेरले खेलमा अग्रता लिएको थियो । २३औं मिनेटमा बार्नसले गोल गरेपछि लेस्टर २-० ले अघि बढ्यो ।
दोस्रो हाफको ४८औं मिनेटमा ट्राओरेले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल निस्कन सकेन र लेस्टर ३ अंक बटुल्न सफल भयो ।
जीतसँगै २५ खेलबाट ४९ अंक जोडेको लेस्टर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । समान ४९ अंक भएपनि गोलअन्तरका आधारमा म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ । पराजित भिल्ला भने २३ खेलबाट ३६ अंकसहित आठौं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS