ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ०५ अन्तर्गतको अक्सबृज–थसिखेल सडक खण्डले निकास पाएको छ ।
८ बर्ष देखी रोकिएको सडकमा वडा अध्यक्ष बिकासमान श्रेष्ठको नेत्रीत्वमा आइतबार डोजर चलाइएसंगै उक्त सडकले योजना अनुरुप नै आकार ग्रहण गरेको हो ।
२०६८ साल मै सरकारी योजनामा परे पनि उक्त सडक खण्डलाई पूर्ण आकार दिन आठ वर्ष नै लाग्यो ।
झन्डै ८ बर्ष देखी ८ मिटरमा कुरा बल्जिदा सडक अवरुद्ध भएको थियो ।
सर्वसाधरणलाई यो बाटोले निकासा नपाउँदा धेरै दुख रहेको वडा अध्यक्षले बताएका छन् ।
मुद्धा मामिला , मुद्धा फैसला पस्चातको प्राविधिक नापजाचमा फरकपनका कारण बाटोले निकासा पाउन सकेको थिएन ।
डेढ वर्ष अघि निवाचित भएका वडा अध्यक्ष बिकासमान श्रेष्ठले विकास निर्माणमा सान साना कुराले रोक्न नहुने भन्दै सडकको निकासामा लागेका थिए ।
सडक चौडा पार्न प्रमुख जिल्ला अधिकारी, ललितपुरका संघिय साम्सद, प्रदेश सांसद, ०५ नम्बर वडाका अध्यक्ष एबम वडा सदस्यहरु, नापी बिभाग , उपत्यका विकास प्राधिकरण , सम्बन्धित जग्गा धनी र केही स्थानियको बैठकले निकासा निकालेको हो ।
सडक चौडा पारेसंगै निकै उत्साहित देखिएका वडा अध्यक्ष बिकासमान श्रेष्ठ भन्छन् ‘ढिला भए पनि काम सम्पन्न भयो, तर हामीले बागडोर सम्हालेको डेढ बर्षमा नै हामीले गरेर देखायौ, यसबाट बिकास र जनचाहना पुरा गरे जस्तो लागेको छ, अब अन्य अधुरा कामलाई पुरा गर्न हौसला मिलेको छ ।
FACEBOOK COMMENTS