काठमाण्डौँ — एनआई सीएशिया बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं २, सानेपा स्थित हेरीटेज गार्डेनमा २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदनपारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साथै साधारण सभाले बैंकको सहायक कम्पनीएनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीयविवरण समेत स्वीकृत गरेको छ ।
सभाले चालु आ.व. २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरिएको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर वितरण गर्ने भएको छ ।
बैंकले कर प्रयोजनको लागि ०.५२६५ अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय पनि गरेको छ ।
FACEBOOK COMMENTS