काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाका लागि ८ उम्मेदवार उठाउने भएको छ । नेपाली कांग्रेस र जसपा नेपालसँग मात्र तालमेल हुने भएपछि एमालेको भागमा ८ सिट परेको हो ।
नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे र सोम पोर्तेल, बागमतीमा डा. प्रेम दंगाल, मधेशमा रेखा झा, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।
राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ । तालमेलमा नेपाली कम्युनिष्ट पार्टीसँग कुरा नमिलेपछि १८ सिट मध्ये काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिट लिने गरि सहमति भएको छ ।
FACEBOOK COMMENTS