काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४७, भक्तपुरमा नौ र ललितपुरमा २६ संक्रमित थपिएका हुन् ।
हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमिको संख्या एक हजार ७६५ छ ।
अहिले देशभर सात हजार ७६३ जना होम आइसोलेसनमा, ६५० जना संस्थागत आइसोलेसनमा, २०० जना आईसीयू तथा ५५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
FACEBOOK COMMENTS