काठमाडौं, जेठ ३० – नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले नेपाल ट्याङ्कर चालक संघ र मजदुर संगठनहरुले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघले आज आइतबार एक एक विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएको हो ।
कोभिड–१९ को उच्च जोखिमलाई लिएर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर चालकहरूले इन्धन नओसार्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र लेख्दै यस्तो घोषणा गरेका हुन् । पत्रमा उनीहरुले ट्याङ्कर चालकहरूलाई याथाशीघ्र खोप उपलब्ध गराउनुपर्ने मुख्य माग अगाडि सारेका छन् ।
जबसम्म खोपको व्यवस्था हुँदैन तबसम्म तेल नओसार्ने चालकहरूले पत्रमार्फत बताएका छन् । सोही विषयलाई लिएर पेट्रोलियम डिलर्सले ऐक्यबद्धता जनाएको हो ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS