काठमाडौं । मदन पुरस्कारका लागी ९ वटा पुस्तक छनौटमा परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो ।उक्त सूचिमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।
यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ ।गुठीका अनुसार २०७७ सालको मदन पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका थिए । यी मध्येबाट बढीमा १० पुस्तकहरूको सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।
FACEBOOK COMMENTS