असोज १९,काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।
कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता म्युचुअल फन्डलाई र चार प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सो शेयरका लागि असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
FACEBOOK COMMENTS