काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।
बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताए।
आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले “सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने” दृढता प्रकट गरे।
नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाएका हुन्।
प्रधानन्यायाधीश जबराले भने, “संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।”
कसैको “दबाव र प्रभावमा” पद त्याग गर्ने उनले बताए। जबराले भने, “न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।”
“यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु,” उनले भने।
स्रोत :बीबीसी नेपाली
FACEBOOK COMMENTS