काठमाडौं । सेयर बजारमा मंगलबार पनि उत्साह देखिएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि बढेको छ । करिब २ महिना घटेको बजारमा भाउ निकै सस्तो भएपछि खरिदकर्ता एकाएक भित्रिएका हुन् । भाउ निकै सस्तो भएपछि अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ता दुवै आकर्षित भएको अनुमान छ । सूचक २७ सय माथि लागेको छ ।
यो समाचार तयार पार्दासम्म करिब (१ः५ बजे) नेप्से सूचक २७ सय ३० अंक आसपासमा रहेको छ । ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । लगानीकर्ताले संयमित भएर कारोबार गर्नुपर्ने हुन्छ । बजार घटबढ गरिरहन्छ । यस पक्षलाई पनि ख्याल विज्ञहरुले सुझाव दिने गरेका छन् ।
FACEBOOK COMMENTS