काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ ।
बजार खुलेदेखि अहिले सम्म सेयर बजारमा हरियाली छाएको छ । अहिले सम्म २२२ वटा कम्पनीको ६५ लाख ३७ हजार ७९३ कित्ता सेयर खरिदबिक्री भइसकेको छ भने ३ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।
१३ उपसमूहमा १३ वटै समूहमा हरियाली छाएको छ । सो अवधिसम्म फाइनान्स र हाइड्रोपावर समूहले लिड गरिरहेको छ ।
हालसम्म ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS