अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधबार भएको बैठकमा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा सञ्चालन हुने ऊर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे ।
नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको उल्लेख गर्दै मन्त्री शर्माले यतिबेला सरकार बेमौसमी वर्षाले पुर्याएको क्षतिको आकलन गर्ने, जनताको जीवन रक्षा गर्ने, खाद्यान्न आपूर्ति गर्ने र क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्नेलगायत विषयमा गम्भीरताका साथ काममा जुटिरहेको जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रदूषक मुलुकहरूबाट प्राप्त हुनुपर्ने क्षतिपूर्ति रकम नपाएको भन्दै विश्व बैंकका अधिकारीहरूसँग गुनासो समेत गरेका छन् ।
जलवायु परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकहरूले क्षतिपूर्ति वापत वार्षिक १०० अर्ब डलर पाउनेबारे भएको कोपनहेगन निर्णय समेत लागू नभएको र जलवायु परिवर्तनको असर रोकथाम तथा न्यूनिकरणका लागि स्थापना गरिएका कोषहरूमा नेपालको पर्याप्त पहुँच नरहेको अर्थमन्त्री शर्माले बताए ।
FACEBOOK COMMENTS