काठमाडौं । ज्योति किवास बैंकले कात्तिक ११ गतेदेखि १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर विक्रीको आव्हान गर्दा वितरण हुन नसकेको उक्त शेयर पुनः विक्रीमा ल्याएको हो ।
अव यो शेयरमा विद्यमान संस्थापकसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । यस अघि बैंकले भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म विद्यमान संस्थापकहरुमा मात्र उक्त शेयर विक्री खुला गरेको थियो । सर्वसाधारणले समेत खरिद गर्न सकिने गरी बैंकले प्रतिकित्ता रू. १५० मूल्य तोकेर विक्रीमा ल्याएको हो ।
यो शेयर खरिदका लागि कात्तिक १७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक २२ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम छ । बैंकको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS