काठमाडौं–म्यानमारका विद्यालय आगामी नोभेम्बरदेखि खुल्ने भएका छन्।
म्यानमार सरकारले कोभिड १९ महामारीका कारण विद्यालय तथा विश्वविद्यालय बन्द गरेको थियो । कोभिड महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी गरेको सरकारी अधिकारीले जनाएका छन्।
यहाँका अधिकारीले म्यानमारका सबै निजी तथा सरकारी विद्यालय र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बा र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीले जानकारी दिएका छन्।
यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन्।
FACEBOOK COMMENTS