काठमाडौंः वेलकम इभेन्ट म्यानेजमेन्टले शुभ कार्यका लागि आवश्यक पर्ने सामाग्रीहरुको दुईदिने विवाह उत्सव प्रदर्शन सञ्चालन गरेकोे छ ।
वेलकम ग्रुपको कार्यालय पुरानो वानेश्वरमा उक्त कार्यक्रम सञ्चालन भएको हो । दुईदिने महोत्सवमा न्वारानका लागि आवश्यक पर्ने चाँदि थाल, कचौरा,र पास्नीमा चौरासी व्यञ्जनका लागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर साथै व्रतबन्धको लागि आवश्यक पर्ने डालो, धनुषबाण, डोली लगायतका सामागी्रहरु राखिएका छन् ।
यसैगरी, महोत्सवमा विवाहका लागि मण्डप, पार्टीस्थल सजावट देखि फोटो तथा भिडियोको लागि नेपाली परम्परा शैलीको जग्गे साहिपाटाको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु, बेहुला तथा बेहुलीको श्रृङगार, क्याटरिङ,बिभिन्न बाजा लगायतका सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् ।
वेलकम इभेन्ट म्यानेजमेन्मटका प्रबन्ध निर्देशक निता पौडेलले भन्नुभयो नेपालीहरुको प्रमुख चाडपर्वको सिजन र विवाह, ब्रतबन्धको शुभ लगन सुरु हुने समयमा उपभोक्तालाई एकैठाउँबाट स्तरीय सेवा उपलब्ध गराउन प्रदर्शनको आयोजना गरेका हौँ ।
पौडेलले प्रदर्शनीमा उपस्थित व्यक्तिहरुबाट प्राप्त हौसला र उत्साहले ठूलो प्रेरणा मिलेको बताउनु भएको छ । बेलकम ईभेन्ट म्यानेजमेन्टले नेपालमा व्यवसायीक रुपमा पहिलो पटक यस्तो कार्यका लागि एकैठाउँबाट सेवा उपलब्ध गराएको हो । यो प्रर्दशनी शनिबार सम्म जारी रहने छ ।
FACEBOOK COMMENTS