काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा थप १२ हजार ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ४२ लाख ७३ हजार ३०० पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ४४६ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार १८६ पुगेकाे छ ।
यही अवधिमा १४ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड ३६ लाख ५५ हजार ८४२ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS