काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिक अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले मात्र वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
विवरणअनुसार बैंकले नाफा वृद्धि गर्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षमा १५ रुपैयाँ ९० पैसा रहेको प्रतिसेयर आम्दानी रहेकोमा अहिले अहिले १४ रुपैयाँ ७० पैसा रहेको छ ।
खुद ब्याज आम्दानी २७ दशमलव ३० प्रतिशतले बढेर एक अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक भएको विवरणअनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले एक खर्ब ५३ अर्ब २२ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ६५ अर्ब ५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई करोड ४५ लाख ३२ हजार रुपैयाँ छ । यसबाट बैंकले वार्षिक शून्य दशमलव ६० प्रतिशत मात्र लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।
त्यस्तै समीक्षा अवधिमा चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ र सेयरधनी कोषमा तीन अर्ब ६५ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
FACEBOOK COMMENTS