काठमाडौं- ओपोले तिहारको अवसरमा ‘ओपो तिहार अफर २०७८ ’ उपहार योजना घोषणा गरेको छ।
यस योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाइ विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ।
हाम्रा लागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। स्थानीय चाडहरु उपभोक्तासँग खुसी साट्दै मनाउने सोचका साथ हामीले समय-समयमा विभिन्न उपहार योजनाहरुको घोषणा गर्दै आइरहेका छौँ। ओपो तिहार योजना यसैको एक अभिन्न अंग हो,’ ओपो नेपालका ब्राण्ड डाइरेक्टर पियरसन शेनले भने।क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउनसक्ने उनले बताए।
सहभागिताका लागि उपभोक्ताले, opponepalcampaigns.com मा सीधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनुपर्ने हुन्छ। यसरी सहभागीहरुमध्यबाट लक्की ड्रमार्फत् छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहार जित्नसक्ने जनाएको छ।
विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत् सार्वजनिक गरिने जानकारी दिइएको छ।
ओपो तिहार अफर उपहार योजना नोभेम्बर १ देखि ७ सम्म चल्ने कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS