काठमाडौं । न्यायालयको गरिमा धरापमा पर्न नदिन आज पनि माईतीघर मण्डलामा सर्वसाधारण जनताले प्रदर्शन गरेका छन् । न्यायापालिकामाथी हस्तक्षेप भएको र न्यायाधीशमा गुटबन्दि भएकोमा घोर भत्सर्ना गर्दै नाराबाजी गरेका छन् ।
नियमित कामलाई ठप्प पार्दै इजलास बहिष्कार गरेर हड्ताल गर्ने न्यायाधीशहरुलाई जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन् ।
सर्वोच्च अदालतमा हड़तालाकारी न्यायाधीहरूबाट भइरहेको बेञ्च बहिस्कार र नेपाल बारको जारी आन्दोलनको विरोध गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा मंगलबार माइतीघरमा प्रदर्शनको भएको छ । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८’ का नामबाट जबराको समर्थनमा प्रदर्शन भएको हो ।
प्रधानन्यायाधीशको समर्थन र अन्य न्यायाधीशहरूको विरोधमा भएको प्रदर्शनमा वरिष्ठ अधिवक्ता एवं राप्रपाका पूर्व नेता विष्णु भट्टराईको उपस्थितिरहेको थियो । भट्टराईले प्रदर्शनमा बोल्दै अहिले न्यायालयमा वेथिती , विसंगति , विकृती र नेपाली जनताले न्याय नपाउने अबस्था छ । जसले गर्दा नेपाली जनतालाई निरासशापनाले छोएको छ ।तेसैले जनताले तिरेको करबाट तलब भत्ता बुझ्ने न्यायाधीशहरुलाई बिधि , पद्धति र प्रणालीमा रही काम गर्न सुझाएका छन् ।
न्यायीक अराजकता बन्द नगरे बार र जनताको भिडन्त हुने प्रदशनकारीको धारणा रहेको छ । विधिको शासन लागुृ गर्दै जनताको अधिकारलाई पनि हेरिनु पर्ने यदि जनताको हित विपरित रहि न्यायाधीशहरु आन्दोलन गरिरहने हो भने जनता चुप लागेर टुलुटुलुु हेरेर नबस्ने र अन्तराष्ट्रिय कानुनको सहायता लिन जान बाध्य भएकाले अन्तराष्ट्रिय कानुनले दिने सजाय भोग्न अब न्यायाधीशहरु तयार हुन पर्ने ठाडो चेतावनी दिदै जनता अब सडकमा आइसकेको प्रदर्शनकारीले बताएका छन् ।
FACEBOOK COMMENTS