काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बिच छुट सम्बन्धी सम्झौता भएको छ। एनसीसी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम तीन हजार र क्रेडिट कार्डमा अधिकतम तीन हजार पाँच सय सम्मका छुट प्राप्त गर्न सकिनेछ ।
यो योजाना कार्तिक २५ (नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १३६ शाखा, ११० वटा एटिएम र ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS