पोखरा कात्तिक १८,इलाका प्रशासन कार्यालय लेखनाथ, जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश निर्वाचन आयोगको कार्यालय पोखरामा अचेल दिनहुँ नयाँ मतदाता थपिन्छन् । प्रशासन कार्यालयबाट नागरिता बनाउनेहरुको नाम स्वत मतदाताका रुपमा आयोगमा जान्छ । आयोगचाहिँ मतदाता नै बन्न नाम लेखाउनेहरु दिनहुँ पुग्छन् । नागरिकता बनाउनेबित्तिकै मतदाताचाहिँ भइहालिन्न । ‘१८वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा सूचीकृत हुन्छ,’ प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकृत रुद्र न्यौपाने भन्छन्, ‘आउँदो निर्वाचनमा १८ वर्ष पुगे मतदाता नामावलीमा नाम आउँछ, नत्र १८ वर्षपछि पुगेपछि ।’
३ कार्यालयमा गरी अहिले कास्कीमा दिनहुँ १०० जना मतदाता थपिएको जानकारी न्यौपानेले दिए । निर्वाचन कार्यालय नै पुगेर नाम लेखाउनेहरु दैनिक २० जनाको हाराहारीमा हुन्छन् । अरुचाहिँ प्रशासन कार्यालयबाट नागरिकता बनाउनेहरु हुन् । नागरिकता बनाएकाहरुको नामावली आयोगको केन्द्रीय कार्यालयले उमेर हेरेर मतदाता सूचीमा समावेश गर्ने गरेको जानकारी न्यौपानेले दिए ।
FACEBOOK COMMENTS