काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गरेर कार्य विभाजन गरेको छ ।
एकीकृतको केन्द्रीय सचिवालयको बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।
विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने संगठन विभागको जिम्मा महासचिव वेदुराम भुसाललाई दिइएको छ ।
यस्तै उपमहासचिव गंगालाल तुलाधारले शिक्षा र विपद् व्यवस्थापन विभागको जिम्मा पाएका छन् भने गोविन्द कोइराला सहकारी विभाग प्रमुख बनेका छन् ।
FACEBOOK COMMENTS