काठमाडौं । कानुन व्यवसायीले लक्ष्मीपुजाको दिन बाजागाजा सहित भैली खेल्दै बार र बेन्चको सेटिङ्ग बन्द गर्न माग गर्दै शान्तिपूर्ण ढंगले प्रदर्शन गरेका छन् । सरकारी कार्यालय बन्द भएता पनि उनिहरुले गर्दै आएको आन्दोलनलाई जारी राख्दै धार्मिक मुल्य मान्यता र परम्पराको सम्मान गरेका छन् ।
त्यति मात्र होईन विधिको शासन कायम गर्नुपर्नेमा जोड दिदै आएका कानुन व्यवसायीहरुले भैली खेल्दै गरेको प्रदर्शनमा संस्कार र संस्कृतीको जगेर्ना भएको पाईएको छ । मौलिक भेषभुषामा सजिएका आम नागरिकले प्रदर्शनमा शिक्षा र स्वास्थमा निशुल्क , न्यायलाई सर्वशुलभ बनाउनु पर्ने, स्वतन्त्र न्यायालय कायम गर्नुपर्ने , बन्दिका मुद्दा सन्चानमा आउनुपर्ने र बारका न्यायाधीशहरुको राजनीति बन्द गर्नु पर्ने कुरालाई भैलिमा समावेश गरिएको थियो ।
११/१२ दिनदेखि न्यायालय प्रभावित छ । न्यायाधीश र वकिलले सर्वोच्च अदालत ठप्प पारेका छन् । तर संवैधानिक हिसाबले आएका प्रधानन्यायाधीश जबरालाई अलिकति पनि हलचल गराउन नसकेकोमा भने विपक्ष दलहरुमा अब खैलाबैला सुरु भएको छ ।
आन्दोलनरत कानुन व्यवसायीले दलहरूलाई प्रधानन्यायाधीश विरुद्धमा केही नबोलेको भन्दै आलोचना गरिरहेका छन् । कतिले त आफू पानीमाथिको ओभानो बन्नका लागि नेताका ढोका ढकढक्याउनसम्म पुगिसकेका छन् । तर अझै पनि प्रधानन्यायाधीशका बारेमा बोल्न दलहरु भने तयार छैनन्।
सर्वोच्चका कुनै पनि न्यायाधीशले अहिले बन्दी प्रत्यक्षीकरणबाहेकका रिटको सुनुवाइ गरेका छैनन्। अन्य रिट पेशी चढेको दिन इजलास नै बहिष्कार गरिरहेका छन्।
प्रधानन्यायाधीश राणाले तोकेको पेशीलाई बहिष्कार गरी बेञ्चमा नबस्ने र आम नागरिकले दिएका उजुरीलाईसम्म नहेर्ने न्यायाधीशहरुको यस्तो बिचित्रको सेटिङ्गले देशको न्यायालयले कस्तो मोड लेला ? जनतालाई कुन नैतिकताको आधारमा जनताको मर्म बुझेर न्याय देला ? यो प्रश्न आम जनताको हो ।
यसरी हेर्दा जिम्मेवार निकायको आँखामा पट्टी लागेकै हो त ?
FACEBOOK COMMENTS