काठमाडौं- लगातार उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य भारतमा तीन दिन यता भने स्थिर रहेको छ। गत बुधबार डिजेलको मूल्य ११ देखि १३ रुपैयाँ र पेट्रोलको मूल्य ७ देखि ८ रुपैयाँले घटेको थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको सरकारी तेल कम्पनीले जनाएको छ।
आज दिल्लीमा पेट्रोलको मूल्य १०३.९७ रुपैयाँ छ। डिजेलको मूल्य भने ८६.६७ रुपैयाँ प्रतिलेटर रहेको छ। मुम्बईमा पेट्रोलको मूल्य १०९.९८ र डिजेलको मूल्य ९४.१४ रुपैयाँ प्रतिलिटर रहेको छ।यस्तै कोलकातामा पेट्रोलको मूल्य १०४.६७ र डिजेलको मूल्य ८७.७९ रुपैयाँ रहेको छ। चेन्नईमा पनि पेट्रोलको मूल्य १०१.४० रुपैयाँ तथा डिजेलको मूल्य ९१.४३ रुपैयाँमा कारोबार भइरहेको छ।
मध्येप्रदेश, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक, ओडिशा, जम्मू-कश्मीर र दद्दाखमा पेट्रोलको मूल्य प्रति लिटर १०० रुपैयाँ रहेको छ।
FACEBOOK COMMENTS