काठमाडौँ। चीन सरकारले नेपाली सेनालाई काेराेना विरुद्धकाे तीन लाख डोज खोप दिएको छ ।
चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उक्त खोप प्रदान गरेको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त खोप हस्तान्तरण गरिन् । जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र १०० वटा अक्सिजन कन्सन्ट्रेटर पनि उपलब्ध गराएको छ । चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोगबाट दुई देशबीचको सेनाको सम्बन्ध थप मजबुद हुने नेपाली सेनाले विश्वास लिएको छ ।
यसअघि भारतीय सेना र अमेरिकन आर्मीले समेत नेपाली सेनालाई खोप तथा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
FACEBOOK COMMENTS