कपिलवस्तु । जिल्लाको ६ वटा स्थानीय तहमा हैजा फैलँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमी नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका फैलिएको हैजाबाट ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
हैजा फैलिएको १ महिना ५ दिन भइसक्दा पनि शिवराज अस्पतालमा दैनिक ५ देखि १० बिरामी पुगिरहेका छन् । अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदाय स्थितमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ ।
हैजा नियन्त्रण नभएपछि सरकारले खोपको तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन मार्फत २ लाख ५० हजार खोप ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS