काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुमा नै विभाजन देखिएको छ ।
सोमबार प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने भनेका थिए । प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलवार भने संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका छन् । तर अन्य न्यायाधीश भने इजलासमा देखिएनन् ।
प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा पेसीमा राखेका सातमध्ये ६ वटा विवादमा सुनुवाइ गरी आदेश जारी गरेका छन् । नेपाल बारले गरेको बहस बहिष्कारकाबीच केही असन्तुष्ट कानुन व्यवसायीले बहसमा भाग लिएपछि ६ वटा मुद्दामा आदेश जारी गरेका छन् ।
FACEBOOK COMMENTS