काठमाडौं । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एभि न्युजका पत्रकारलाई पैसा लिएर समाचार संप्रेषण गरेको आरोप लगाएका छन् ।
न्यायालयको आँगनमा उभिएर पत्रकारहरुको आचारसंहिता माथी सिधै प्रहार गर्दै प्रश्न चिन्ह खडा गरेका छन् । उनको यस्तो अभिव्यक्तिले स्वतन्त्ररुपमा स्वईच्छाले पत्रकारिता गर्ने पत्रकारहरुकको अपमान भएको प्रष्ट बुझ्न सकिन्छ । त्यतिमात्र नभएर व्यक्तिगत स्वार्थका लागि पत्रकारहरुलाई पैसामा सजिलै किन्न सकिने तर उनले भने पत्रकारलाई खरिद गर्न नसकेर नै यस्तो आक्रोश व्यक्त गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । नागरिकको आवाजलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने पत्रकारहरुले नागरिक आन्दोलनमा सहभागी भई प्रत्येक ब्यक्तिले दस हजार पाएको श्रेष्ठले दाबी गरेका छन् । उनले एभिन्युजसङ्ग कुरा गर्दै जुन आरोप पत्रकारलाई लगाएका छन् त्यसको आफुसङ्ग प्रमाण भएको जानकारी गराएका छन् । यसको खण्डन भने एभि न्युजले गरि सकेको छ ।
FACEBOOK COMMENTS