पोखरा कत्तिक २५ ,नेपालका लागि चिनिया राजदुतावासको सहयोगमा कास्कीका ४ वटा सामुदायिक विद्यालयलाई एक बर्षको लागि निशुल्कः इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल चिन जनमैत्रि संघको समन्वयमा चिनिया दुतावासको सहयोगमा कास्कीका ४ वटा विद्यालयमा एक बर्षसम्मको लागि इन्टरनेट सेवा सहितको केही सामाग्रि समेत सहयोग गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको उपस्थितीमा संघले पोखरामा आयोजित एक समारोहका बिच कास्कीका ४ बिद्यालयलाई एक बर्षको लागि इन्टरनेट सेवा सहित इन्टरनेट सेवा संचालनको लागि आवश्यक सामाग्रि समेत सहयोग हस्तान्तरण गरेको हो ।
पोखरा २१ कृष्तीको भविश्य निर्माण मावि, पोखरा ३३ को शिशु कल्याण मावि, निर्मलपोखरीको जनजाग्रिती मावि, पोखरा २१ कै जनचेतना माविलाई एक बर्षको निशुल्क इन्टरनेट सेवाको साथमा सोलार प्लान्ट र इन्भटर समेत सहयोग गरिएको अध्यक्ष पालिखेले बताउनु भयो । उक्त बिद्यालयमा आवश्यक पर्ने इन्टरनेट सेवा पोखरा इन्टरनेट प्रा.लि.ले सेवा प्रवाह गर्ने भएको पोखरा इन्टरनेटका प्रा.लि.का जनरल म्यानेजर वरदान ताङवेले बताउनु भयो ।
कोरोनाको समयमा इन्टरनेट विना गाउँ गाँउ शिक्षा प्रभावकारी बनाउन कठिन भएको अबस्थालाई मध्यनजर गरी आफुहरुले पहिलो चरणमा कास्कीका ४ बिद्यालयलाई उक्त सेवा प्रदान गर्न छनौट गरेको अध्यक्ष पालिखेले जनाउनु भयो ।
FACEBOOK COMMENTS