सातौं तहदेखि चौथो तहसम्मका लागि रेडियो नेपालले सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो ।
२१ दिनभित्र आवेदन दिन सकिने रेडियो नेपालले जारी गरेको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त बुझाउन सकिने जनाइएको छ ।
FACEBOOK COMMENTS